आज : २०७४ असार ११ आइतबार|समय : १२:५१

राष्ट्रिय

  • विखण्डनकारी सक्रिय : प्रधानसेनापति

    काठमाडौं, असार ५ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताएका छन् ।

    जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाशप्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियामा प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न सेना तयारी अवस्थामा रहेको बताए ।

    जंगी अड्डाले निकालेको विज्ञप्तिमा विखण्डनकारी र अस्थिरता फैलाउने तत्व को हुन् भन्नेबारे खुलाइएको छैन । तर क्षत्रीले आफ्ना भनाइका क्रममा सीके राउतका गतिविधि, निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र राजपाका गतिविधिलाई विखण्डनकारी र अस्थिरता फैलाउने भनी संकेत गरेका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

     

http://radiosaligram.com.np/