आज : २०७४ असार ११ आइतबार|समय : १२:५०

राष्ट्रिय

  • संकलन र प्रशोधन नहुँदा टिम्मुर त्यत्तिकै खेर गयो

    म्याग्दी, असार ५ । म्याग्दीका ग्रामिण भेगमा प्रशस्त मात्रामा पाइने आयुर्वेदिक महत्वको टिम्मुर त्यत्तिकै खेर जाने गरेको छ ।

    कृषकमा प्राविधिक ज्ञानको अभावका कारण टिम्मुर खेर जाने गरेको हो ।

    बजारमा प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँसम्ममा बिक्री हुने टिम्मुर संकलन गर्ने औजार र प्रशोधन गर्ने प्राविधिक ज्ञानको अभावले कृषकले लाभ लिन नसकेका हुन् ।

    म्याग्दीको बेनी नगरपालिकासहित रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगा, पात्लेखेत, घतानलगायत गाउँपालिकाका पाखा र जंगलमा टिम्मुर पाइने गरेको छ ।

    टिम्मुर खेतीको प्रचुर सम्भावना रहे पनि अहिलेसम्म घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिँदै आएको छ ।

    यसलाई व्यवसायिक उत्पादन गरेर बजार विस्तार गर्न सके आम्दानीको राम्रो स्रोत बनाउन सकिने स्थानीयबासिन्दा बताउँछन् ।

     

http://radiosaligram.com.np/