आज : २०७४ असोज ९ सोमबार|समय : ११:४७

अन्तरबार्ता

  • अमेरिकामा बर्षेनी १३ सय बालबालिकाको मृत्यु बन्दुकबाट !

    काठमाडौं, असार ६ । अमेरिकामा वर्षेनी एक हजार तीन सय बालबालिका बन्दुकसँग सम्बन्धित घटनाबाट मारिने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।

    सरकारले नै गरेको एक प्रतिवेदनका अनुसार त्यसरी मारिनेमा अधिकांश १७ वर्ष मुनिका रहेका छन् ।

    यसैगरी करिब ६ हजार बालबालिका वर्षेनी यसै कारणबाट घाइते हुने गरेका छन् ।

    जसमा ८२ प्रतिशत युवक छन् भने मारिनेमा दश प्रतिशत काला युवक परेको पनि प्रतिवेदनले जनाएको छ ।

    आधाभन्दा बढी अरुले हानेको बन्दुकबाट मारिने गरेका छन् भने ३८ प्रतिशत भने आफैंले आफैंलाई प्रहार गरेर मारिने गरेका छन् ।

    ६ प्रतिशतको भने दुर्घटनावश नै मृत्यु हुने गरेको छ । दैनिक करिब १९ जना बन्दुककै कारण मारिने गरेका हुन् ।

    सन् २००७ देखि २०१५ का बिचमा बन्दुक प्रयोग गरेर आत्महत्या गर्नेको दर ६० प्रतिशतले बढेको हो ।

    आत्महत्याको कारण दबाबपूर्ण परिस्थिति वा सम्बन्धगत समस्या रहेको पनि प्रतिवेदनले जनाएको छ । (एजेन्सी)

     

http://radiosaligram.com.np/