आज : २०७४ श्रावण १० मंगलबार|समय : १२:१८

खेलकुद

  • खेलको आडमा मानव तस्करी

    ९ असार, काठमाडौं । उहाँको पृष्ठभूमि र प्रोफाइल हेर्दा हामी क्यानडा जानेमा ढुक्क थियौं। दरबारमार्गस्थित उहाँको भव्य अफिसमा पुग्दा उहाँले बोलेको कुरा झूटो हो भनेर शंका गर्ने ठाउँ नै हुँदैन’, टेकुस्थित महानगरीय अपराध महाशाखामा बिहीबार दिउँसो राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक तथा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीबारे एक युवक भन्दै थिए। ती युवकको कुरामा समर्थन गर्दै थिए, करिब आधा दर्जन युवा।

     त्यसको केही घण्टा अघिमात्र अपराध महाशाखाको टोलीले शाहीलाई टोखाबाट पक्राउ गरेको थियो। यी सबैजना शाहीबाट ठगिएका थिए। क्यानडा पठाइदिन्छु भन्दै शाहीले २५ युवालाई ठगेका थिए, जसमा अधिकांश २० देखि ३० वर्ष उमेरका छन्। पीडित २५ जनामध्ये शाहीले कसैलाई खेलाडी, कसैलाई प्रशिक्षक त कसैलाई टिम म्यानेजर बनाएका थिए।

    क्यानडा जाने आशामा आधा दर्जन युवकले सशस्त्र प्रहरी बल ९एपीएफ० को जागिरसमेत छाडेको र केहीले आफ्नो व्यवसायसमेत बेचेको पीडितले बताएका छन्। क्यानडामा मे १५ देखि २५ तारिखसम्म मैत्रीपूर्ण फुटबल खेल आयोजना हुन लागेको र त्यसमा सहभागी गराएर सबैलाई उतै छाड्ने आश्वासन शाहीले ती युवालाई दिएका थिए। शाहीले मैत्रीपूर्ण खेलका लागि २५ जनाको टोली तयार गरे र प्रत्येकबाट २ लाख ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म उठाए।

    ती युवायुवतीले क्यानडा पुगेपछि कमाएर १० लाख रुपैयाँ दिनुपर्ने सर्त थियो। कुुसुन्ती युथ क्लब ललितपुरको नाममा शाहीले क्यानडा पठाउन लागेको बताएका थिए। शाहीले टोरन्टोस्थित आयोजकले कुसुन्ती युथ क्लबका नाममा पठाएको पत्र देखाएर युवायुवतीलाई विश्वस्त बनाएका थिए।

    शाहीको योजना थियो, खेल्ने बहानामा क्यानडा पु¥याउने र सबैलाई उतै छाडिदिने। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

http://radiosaligram.com.np/