आज : २०७४ श्रावण १० मंगलबार|समय : १२:१७

स्वास्थ्य

  • खानीगाउँ दोस्रो पुर्ण सरसफाईयुक्त वडा घोषणा

    फलेवास पर्वतको फलेवास नगरपालिका– ५ खानीगाउँ  पुर्ण सरसफाईयुक्त वडा घोषणा भएको छ ।

    शनिवार वडामा आयोजित कार्यक्रममा उक्त वडालाई सरसफाई उन्मुख गाविस घोषणा गरिएको हो । साविकको खानीगाउँ गाविसमा रहेका ५ सय ३१ घरधुरी र ३ हजार २ सय १० जनसंख्यामा आनीवानी पुर्ण रुपमा परिवर्तन आउनुका साथै सरसफाईयुक्त गाविसका सवै सूचकहरु पुरा भएपनि पुर्ण सरसmाईयुक्त घोषणा गरिएको हो ।

    सो अवसरमा खानीखाउँका जनप्रतिनिधिहरु सांसद विकास लम्साल, नगर प्रमुख पदमपाणी शर्मा, उपप्रमुख मन्जु अधिकारी लगायत सम्पुर्ण वडावासीहरुले वडालाई सँधैभरी पुर्ण सरसफाईयुक्त राख्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ,

    खानीगाउँ पूर्ण सरसफाई हुने फलेवास नगरपालिको दोस्रो वडा हो । घोषणा सभालाई सम्वोधन गर्दै सांसद विकास लम्सालले राष्ट्रको समूचित विकासका लागि पहिलो चरणमा हरेक क्षेत्रमा सरसफाई हुनुपर्नेमा जोड दिनुभएको छ ।  उहाँले मुलुक यतिवेला संविधान कार्यान्वनकै चरणमा रहेको बताउँदै सवै प्रदेशहरुमा स्थानिय तहको चुनाव सँगै तीनवटै निर्वाचन हुन सकेमा मात्र मुलुकको अग्रगामी विकास हुनेमा जोड दिनुभएको छ ।

    कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले फलेवासका दुईवटा वडा जिल्लामै पहिलोपटक पुर्ण सरफाईयुक्त बनेको र बाँकी ९ वटा वडालाई पनि आगामी एक वर्ष भित्र पुर्ण सरफाईयुक्त बनाउन आफुले जोडदार रुपमा लागि पर्ने बताउनुभयो ।

    सो अवसरमा फलेवास नगरका उपप्रमुख मन्जु अधिकारीले गाउँघर, टोल र समाज सरसफाई गर्ने मुख्य दायित्व आम महिलाहरुको भएको बताउँदै महिलाहरु पनि आ–आफ्नो क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा स्थानिय विकास अधिकारी विष्णुप्रसाद भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेल, खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेल, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाका राष्ट्रिय निर्देशक महेन्द्रबहादुर बाँनीया, नेकपा एमाले प्रदेश कमिटि सदस्य मोती पौडेल, नेपाली काँग्रेसका फलेवासका संयोजक हिरामणी सापकोटा,  नेकपा एमाले जिल्ला कमिटी सदस्य परशुराम शर्मा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि तोयानाथ पौडेल, वडा अध्यक्षहरुको तर्फबाट मनबहादुर कुँवर, लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष गणेशबहादुर क्षेत्री, भवानी विद्यापीठ माविका प्रद्यानाध्यापक अर्जुन रेग्मी लगायतले बोल्नु भएको थियो ।

    कार्यक्रममा लोक गायकहरु जीवन दाहाल, पार्वती जिसी, कृष्ण अखेली, राजेश वर्देवा र माधव पराजुली लगायतको सांगितिक प्रस्तुती समेत रहेको थियो ।

    सो अवसरमा खानीगाउँलाई पुर्ण सरसफाईयुक्त बनाउन पहल गर्ने सवैलाई सम्मान समेत गरिएको थियो ।

    फलेवास नगरपालिका वडा नं. ५ का अध्यक्ष दिपक शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सुरक्षा लामिछाने र संचालन कलाकार तथा संचारकर्मी कृष्ण अखेलीले गर्नुभएको थियो ।

http://radiosaligram.com.np/