आज : २०७४ असोज ९ सोमबार|समय : ११:४४

मनोरंजन

  • नव गायिका गंगा गजमेरका “स्वरादि” राष्ट्रकविद्धारा विमोचन, सार्वजनिक

    काठमान्डौ,असार २१
    राजधानीमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निवासमा पत्रकार सम्मेलन गरी राष्ट्रकविको बाहुलीबाट नव गायिका गंगा गजमेरको पहिलो सांगीतिक कोसेली पप आधुनिक एल्बम “स्वरादि” सार्वजनिक सहित उक्त एल्बमको बिमोचन गरिएको छ ।  उक्त कार्यक्रममा राष्ट्रकवि घिमिरेले नव गायिका गजमेरलाई नेपाली ढाँका टोपी पहिराएर कार्यक्रममा स्वागत गरेका थिए। 
    “स्वरादि” बिमोचन गर्दै राष्ट्रकवि घिमिरेले गीतसंगीतमा लाग्ने हरेक श्रष्टाले निरन्तरता र लगनशिलताका साथ लाग्नु पर्ने धारणा समेत राख्नु भएको थियो ।
    नव गायिका गंगा गजमेरको गीति एल्बम विमोचन कार्याक्रमको सम्बोधन गर्दै भनिन “के अचम्म भयो यहि जुनीमा अर्को जुनी पाए, लाखौंलाख नेपालीको माया पनि पाएकोमा सवै सवैलाई ध्नयवाद व्यक्त गरेकी थिईन ।
    उक्त समारोहोमा वोल्दै राष्ट्रकवि घिमिरेले यो सिर्जना “स्वरादि” ले आफ्नो मन मोहित तुल्एका बताएका हुन्।
    एल्बममा समाबेश भएका ४ वटै गीत आफुले सुनेको जति निकै राम्रा रहेकाले एल्बम सफल रहनेमा राष्ट्रकवि घिमिरेले बिश्वास ब्यक्त गर्दै सफलताको शुभकामना गंगालाई व्यक्त गरेका थिए ।
    पछिल्लो समय बिशेष गरी युवा पुस्ताको प्रतिनिधित्व गर्दै गायिका गजमेरले “स्वरादि” एल्बम सार्वजनिक गरी रहँदा आफ्नो साहित्य यात्राको थालनीलाई समेत सम्झिनुभएका राष्ट्रकवि घिमिरेले यसको भाव र मर्ममा टेकेर दर्शकश्रोताको इच्छा अनुसार थप सिर्जना गर्दै जाने विचा राखेकी थिईन । 
    सो बिमोचनको अवसरमा निर्देशक, संगितकार, रचनाकार सबैलाई सम्मान गरिएको थियो ।  झापाको दमक स्थायी घर भएकी गंगा बिगत आधा दशक भन्दा लामो समय देखी नेपाली सांगीतिक क्षेत्रमा अभ्यासरत  रहेको वताएकी छन् ।अव आफले पप संतिगको विकासमा लागिरहने वताएकी छन् ।
     

http://radiosaligram.com.np/