आज : २०७४ श्रावण १० मंगलबार|समय : १२:१८

खेलकुद

  • एक लाख राशिको भानु कप फुटबल प्रतियोगिता शुरु

    दमौली–दुई सय चार औँ भानु जयन्तीका अवसरमा तनहुँको भानु नगरपालिकास्थित डुम्रे भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रियस्तरको भानु कप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

    प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले रेफ्रीलाई बल दिएर उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा धादिङको भद्रकाली युवा क्लबले दमौलीको हैरान्स युवा क्लबलाई २–० गोलले पराजित गरेको छ ।

    भद्रकाली युवा क्लबका तर्फबाट सविन बिडारी र शैलेन्द्र तामाङले एक÷एक गोल गरेका थिए । भद्रकाली युवा क्लबका बिडारी म्यान अफ द म्याच घोषित भई आकर्षक पुरस्कार हात पारे । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेतालाई रु एक लाख एक हजार १११ र उपविजेतालाई रु ५० हजार पाँच सय ५५ नगद साथै मेडल ट्रफी र प्रमाण पत्र वितरण गरिने भन्सार युवा परिवारका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताए ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिने छ ।

http://radiosaligram.com.np/