आज : २०७४ श्रावण १० मंगलबार|समय : १२:१८

अन्तरास्ट्रिय

  • कोरियामा करिब तीन प्रतिशत नेपाली कामदार गैरकानुनी

    काठमाडौं, असार २१ । रोजगार अनुमति प्रणाली (इपीएस) बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रुपमा बसिरहेको पाइएको छ ।

    रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया पुरा गरी स्वदेश फर्कनुपर्छ । करार अवधिभन्दा बढी समय कोरिया बसेका कामदारलाई त्यहाँको सरकारले अवैध घोषणा गर्छ ।

    कोरिया सरकारको कानुनअनुसार अवैध घोषित हुने गरी अझै पनि करिब २ देखि ३ प्रतिशत रहेको वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले जानकारी दिएको छ । –नयाँ पत्रिका दैनिकबाट

     

http://radiosaligram.com.np/