आज : २०७४ असोज ९ सोमबार|समय : ११:४६

कला/साहित्य

  • कथा-अनामिका -रचनाकार ओमप्रसाद घायल

    अनामिका प्यारालाइसिस भएर सुतिरहेको खबरले म निकै मर्माहत हुन्छु । एकपटक उसको अनुहारमात्र देख्न मन साह्रै व्याकुल हुन्छ । म हतारहतार अनामिकाको डेरा कोटेश्वरतर्फ लाग्छु ।

    साउन १ मंगलबारको दिन छ । मुसलधारे पानीले सारा काठमाडौं जलमग्न छ । म अनामिकाको डेरा कोटेश्वर पुगिसकेको छु । अनामिकाको डेरामा पुगेर ढोका ढकढकाउँछु, विस्तारै ढोका खुल्छ । एक अधबैंसे महिला ढोकामा देखिन्छन् । सोध्छु, 'अनामिका यहीँ बस्छिन् ? '
    उनले पलङतिर देखाउँदै भनिन्, 'ऊ ।'

    म अगाडि बढेँ । पलङमा निस्तेज सुतिरहेकी अनामिका, पत्याउन पनि गाह्रो । ती महिला भन्दै थिइन्, 'भर्खरै निद्रा परिरहेको छ, एक क्षण बस्दै गर्नुहोस् ।'

    अलमलमा परेँ । दुईव र्ष अगाडिकी हृष्ठपुष्ट र सौन्दर्यले भरिभराउ अनामिका आज विल्कुल फरक थिई । अहिले भने रुँदारुँदा थकित जस्तो अनुहार, खोपिल्टा परेका आँखा । नाकको डाँडीमा सेतो हाड छर्लंग देखिन्थ्यो । जिंग्रिंग कपाल, साह्रै निरीह अवस्थामा उसलाई देखेर म अरू भावविह्ल हुन्छु ।

    त्यत्तिकैमा अनामिका निद्राबाट ब्यूँझिई । 'साह्रै बिरामी पो भइछौ अनामिका !' मैले यत्ति भन्दा नभन्दै आँसुको फोहोरा छुटे उसको आँखाबाट । ऊ रुन सुरु गरेपछि मैले पनि आफ्नो मन थाम्न सकिनँ । रोएँ म पनि ।

    ती महिलाले मलाई जान्ने संकेत गरिन् । मैले आफ्नो नाम बताएँ र अनामिकाको साथी भएको परिचय दिएँ । बताइदिएँ । थाहा भयो– ती अनामिकाकी भाउजू रहिछन् ।

     

    भाउजू भन्दै थिइन्, 'अनामिका बोल्न सक्दिनन्, न त उठ्न र हिँड्न नै सक्छिन् । यस्तो लाऊँलाऊँ र खाऊँखाऊँको उमेरमा दैवले पनि के विघ्न धोका दिएको होला ।'

    अनामिकाको बोल्न र चल्न नसक्ने दुःखदायी कथा सुनेर म निकै दुखी भएँ । अनामिकाको आँखाबाट आँसुको फोहोरा अझै थामिएन । 'तपाईंलाई देखेपछि त झनै साह्रै रोइन्', भाउजूले थपिन् । भाउजूको त्यो भनाइले म झन् विक्षिप्त भएँ । उसको नजिक गएँ, 'ठीक हुन्छ अनामिका, दुःख नमान ।' सम्झाउने प्रयास गरेँ ।

    मैले बोलेको शब्द उसको कानमा नपुग्दै झन् उत्पात रुन थाली ऊ । आफ्नो हात विस्तारै उठाई, आँसुले निथु्रक्क भिजेको सिरानीतिरबाट कागज र कलम लिएर काँपिरहेका हातहरूले केही अक्षर लेखी र मलाई दिई ।

    पढेँ, 'मेरो रोग नै मेरो अहोभाग्य रहेछ, किनकि यसै कारणबाट तपाईंलाई देख्न पाएँ । म आज कति पीडादायी रूपमा बाँचिरहेकी रहिछु भन्ने कुरा मेरो शरीर देखेर नै तपाईले थाहा पाउनुभयो होला । म अब कहिल्यै निको हुँदिनँ ।'
    सारा अक्षर पढिसक्दा मन स्तब्ध भयो । मुटु भक्कानियो । आफूलाई सम्हाल्न सकिनँ । केही नबोली त्यहाँबाट निस्केँ ।

    मैले अनामिकालाई प्रेम गर्थें, त्यो एउटा विगत थियो । तर आज धेरै लामो समय हाम्रो समीपबाट अस्ताइसकेको छ । हामी दुवैजना आआफ्नै वर्तमानमा छौं । फेरि पनि अनामिका मलाई देख्नु आफ्नो अहोभाग्य किन सम्झिन्छे ? म छक्क परिरहेछु ।

    अनामिकालाई न मैले धोका दिएँ, न त अनामिकाले मलाई धोका दिई । त्यति बेलै पनि हाम्रा आआफ्ना परिस्थितिहरू थिए प्रेममा । ऊ मलाई प्रेम गर्थी तर म विवाहित थिएँ । त्यो पनि उसलाई थाहा थियो । म आफ्नी श्रीमती विमलालाई औधी प्रेम गर्थें । त्यो पनि उसलाई थाहा थियो । फेरि पनि ऊ मसँग प्रेम गर्थी, त्यो उसको एउटा कमजोरी थियो ।

    उसले मलाई प्रेम गरी तर व्यक्त गरिन । उसको एउटा विवशता थियो । मैेले उसलाई प्रेम गरेँ तर उसलाई कहिल्यै भनिनँ । मेरो अर्को विवशता थियो । एउटा अव्यक्त प्रेममा बाँधिएर पनि हामीहरू नदीका दुई किनाराजस्तै हुन पुग्यौं जिन्दगीमा ।

    विमला र मबीचको अव्यक्त प्रेमबाट टाढा रहन एक दिन म घरबाट काठमाडौं पसेँ । काठमाडौं पसेपछि मैले पत्रकारिता सुरु गरेँ । बिहानदेखि बेलुकासम्म समाचार खोज्यो । समाचार लेख्यो, फुर्सदै नहुने । मेरो व्यस्तताकै कारणले पनि त्यसपछि अनामिकासँग मेरो सम्पर्क भएन ।

    वर्ष दिनपछि अनामिकाले विवाह गरी भन्ने खबर मैले पाएँ । उसको विवाहको खबरले म अत्यन्त खुसी भएँ र ऊ सधैं खुसी रहोस् भन्ने कामना पनि गरेँ । त्यसपछि झन् उसँग सम्पर्क गरिनँ मैले ।

    यसरी दिनहरू बितिरहे ।

    हिजोमात्र हो मेरो मित्र गणेशकुमारले फोन गर्‌यो । फोनमा अनामिका प्यारालाइसिसबाट ग्रस्त छ र ऊ कोटेश्वरमा छ भन्ने उसकै जानकारीले म आज अनामिकालाई भेट्न गएको हुँ ।

    अनामिकाले भनेजस्तै के ऊ अब साँच्चि कहिल्यै निको हुँदिन त ?

    प्यारालाइसिसको यातनागृहमा निस्तेज र निरीह अवस्थामा लडिरहेकी अनामिका मेरो आँखामा लगातार आइरहन्छे । उसको अव्यक्त अनुहार र आँसुको खहरेले मभित्र निदाएको एउटा विगतलाई ब्यूँझाइदिएको छ । एउटा रोमाञ्च विगत र अहिलेकी निरीह अनामिका एकैसाथ मेरो मस्तिष्कमा प्रतिविम्बित भइरहेछन् ।

    हप्ता दिनपछि फेरि मलाई उही कोटेश्वर पुग्न मन लाग्छ । एउटा शनिबार अपराह्नतिर म उसको डेरामा पुग्छु । सरासर कोठाभित्र पस्छु, यतिखेर साथमा उसकी भाउजू पनि थिइनन् । ऊ एक्लै थिई ।

    जब अनामिकाले मलाई देखी, असहज परिस्थितिको बीचबाट ओठहरू खोल्ने प्रयत्न गरी । उसका दुवै ओठ थर्रर थर्थराए तर आवाज निस्कन सकेन । लाग्थ्यो, आज ऊ मसँग केही कुरा व्यक्त गर्ने मनशायमा थिई ।

    यसपालि पनि ऊ असाध्यै रोई । उसको आँसुले मलाई थुप्रै गुनासा गरिरहेजस्तो आभास भइरहेको थियो । लाग्थ्यो, धित मारेर उसले आफ्नो सम्पूर्ण विगतको दुखान्त पृष्ठभूमि आँसुमार्फत वाचन गरिरहेकी थिई ।

    ऊ आफू मुखले बोल्न नसके पनि अरूले बोलेका कुराहरू सुन्न र बुझ्न सक्थी ।

    केही समयपछि गिलासमा तातो पानी र औषधि लिएर भाउजू कोठामा प्रवेश गरिन् । मैले नमस्कारको औपचारिकता पूरा गरेँ ।

    'सन्चै हुनुहुन्छ ? ', भाउजूको प्रश्न थियो । 'सन्चै छु भाउजू ।' यत्ति भनेँ मैले । भाउजूसँग पनि अनामिकाबारे सोधेँ । 'काम गर्न सकुन्जेल र शरीर स्वस्थ रहुन्जेलमात्र सबैको प्यारो हुन सकिँदो रहेछ । अशक्त भएपछि आफ्नैहरूले पनि कुकुरले हाड छोडेजस्तो छोडेर जाँदा रहेछन् ।'

    भाउजूले दिएको जवाफ र भनाइको प्रसंगबाट लागिरहेको थियो, 'अनामिकाको अस्वस्थतासँगै उसको परिवार र उसको लोग्नेले उसलाई बेवास्ता गरिरहेका छन् ।'

    अनामिकाबारे भाउजूबाट सबै कुरा सुनेर म आहत भएँ । उही अनामिकाले लेखेको एउटा वाक्य याद भयो, 'म आज कति पीडादायी रूपमा बाँचिरहेकी छु भन्ने कुरा मेरो शरीर देखेर नै तपाईंले थाहा पाउनुभयो होला ।' अनामिकाको विवशता, ऊ आज आफ्नो दाइभाउजूकहाँ आश्रित छे । उसको परिवारबाट उसलाई सहयोग छैन किनकि ऊ अब कहिल्यै निको हुँदिनँ ।

    जिन्दगीले पूर्ण निकम्मा बनाएर मृत्युशय्यामा निस्तेज पल्टाइदिएकी अनामिका मेरो आँखामा झल्झली आइरहन्छे । उसको वेहद उत्पीडनको यादले मेरो मन फाटिरहेको छ । पटकपटक गला अवरुद्ध भइरहेको छ । अनामिकाको जिन्दगीको करुण गाथा सुनेर म डेरातर्फ फर्किरहेको छु । साँझ पर्न लागिरहेको छ । रत्नपार्कमा आइपुग्दा मित्र गणेशकुमार भेटिन्छ । अनामिकाकै बारेमा कुरा चल्छ । मानसिक तनाव र गणेशकुमारसँगको भेटले त्यस दिन मलाई अलिकति पिउन मन लाग्छ । उसँग प्रस्ताव राख्छु । हुन्न भन्न सक्दैन ऊ । हामीहरू एउटा रेस्टुराँमा छिर्छौं ।

    मलाई धित मरुन्जेल पिउन मन लागिरेछ, रक्सीको प्यालामा दोस्रोपटक तनावयुक्त अनुहार नदेखुन्जेल । म केही दिनयताका सम्पूर्ण घटना रक्सीसँगै बिर्सिदिन चाहिरहेको छु । बिस्तारै रक्सीले मलाई च्यापिरहेछ ।
    अकस्मात् गणेशकुमारले मलाई चिमोट्छ, 'ऊ अभिषेक ।'

    'मैले बुझ्दिन ऊ के भन्दैछ ? '
    'को अभिषेक ? ' प्रश्न गर्छु ।
    'अनामिकाको पति क्या ।'

    'अनामिकाको पति भन्ने शब्दले म झल्याँस्स हुन्छु । रक्सीको पञ्जाबाट आफूलाई छुट्याएर एउटा यथार्थमा ल्याउने प्रयास गर्छु । अलि पर एउटा कर्नरमा दुई युवकयुवती मस्कीमस्की उल्लासमा रमाएको देख्छु । प्रत्येकपटक उनीहरूले आफ्नो प्याला एकअर्कामा साटेर पिइरहेछन् । अभिषेकको रक्सीको प्यालामा उसकी अनामिका छैन ।

    अनामिकाको प्यारालाइसिस शरीर र रोगको यातनागृहकी कमजोर अनामिकाले उसलाई रत्तिभर दुःखी बनाएकी छैन । लाग्छ, बरु उसको नयाँ बाटो र नयाँ उद्देश्यका निम्ति मार्गप्रशस्त गरिरहेकी छे । ऊ अर्थात् अभिषेक आज त्यसैको वेहद खुसीमा पिइरहेछ । उसको अगाडि एउटा रोमान्स छ, आफ्नी नयाँ प्रेमिकासँग ।

    त्यो सबै थोक देखेर मनभित्रबाट एउटा आक्रोशको ज्वाला दन्किन सुरु गर्छ । उसको कर्नरमा पुगेर उसलाई चिथोरूझैं लागिरहेछ । तर पनि यी सबै थोक गर्न उचित देख्दिनँ । बिल तिरेर बाहिरिन्छौं ।

    म डेरामा पस्दासम्म गहिरो रातले सारा काठमाडौं छोपिसकेको छ । खाना खान मन छैन । विस्तारमा पल्टिन्छु ।
    त्यस रात मेरा प्रत्येक सपनामा अनामिका आइरहन्छे र आफ्नो पक्षाघातले ग्रस्त शरीर मेरोअगाडि पल्टाइदिन्छे । रुन्छे, म अभिशप्त उसको करुण क्रन्दन सुनिरहन्छु । रात यसरी नै सकिन्छ ।

    बिहान अलि अबेर आँखाहरू खुल्छन् । रातभरको सपनासंसार एकपटक आँखाअगाडि पुनः साक्षात्कार हुन्छ । हिजो राति रेस्टुराँमा अर्की युवतीसँग उल्लास र रोमान्स मनाइरहेको अभिषेक सम्झन्छु । दाइको डेरामा विवश जिन्दगीले लत्याएकी र मृत्युबाट नपत्याइएकी अनामिकालाई सम्झन्छु ।

    एकैसाथ विगतमा मेरो अगाडिपछाडि भइरहने सुकोमल, सूरतमय, सुशील कवयित्री अनामिका सम्झन्छु । यति खेर आजकी अनामिका जो पक्षाघातले ग्रस्त छे, र श्रीमान्बाट लत्याइएकी छे त्यो अनामिकाप्रति— मलाई हृदयदेखि माया लागेर आउँछ । मनमा केही साहस बटुल्छु र डुब्नै लागेको उसको जिन्दगीको बाँकी अध्यायमा आफूलाई समर्पित गर्न म आज फेरि उसकै डेरातर्फ लाग्छु ।

    अनामिका प्यारालाइसिस भएर सुतिरहेको खबरले म निकै मर्माहत हुन्छु । एकपटक उसको अनुहारमात्र देख्न मन साह्रै व्याकुल हुन्छ । म हतारहतार अनामिकाको डेरा कोटेश्वरतर्फ लाग्छु । साउन १ मंगलबारको दिन छ । मुसलधारे पानीले सारा काठमाडौं जलमग्न छ । म अनामिकाको डेरा कोटेश्वर पुगिसकेको छु । अनामिकाको डेरामा पुगेर ढोका ढकढकाउँछु, विस्तारै ढोका खुल्छ । एक अधबैंसे महिला ढोकामा देखिन्छन् । सोध्छु, 'अनामिका यहीँ बस्छिन् ? ' उनले पलङतिर देखाउँदै भनिन्, 'ऊ ।' म अगाडि बढेँ । पलङमा निस्तेज सुतिरहेकी अनामिका, पत्याउन पनि गाह्रो । ती महिला भन्दै थिइन्, 'भर्खरै निद्रा परिरहेको छ, एक क्षण बस्दै गर्नुहोस् ।' अलमलमा परेँ । दुईव र्ष अगाडिकी हृष्ठपुष्ट र सौन्दर्यले भरिभराउ अनामिका आज विल्कुल फरक थिई । अहिले भने रुँदारुँदा थकित जस्तो अनुहार, खोपिल्टा परेका आँखा । नाकको डाँडीमा सेतो हाड छर्लंग देखिन्थ्यो । जिंग्रिंग कपाल, साह्रै निरीह अवस्थामा उसलाई देखेर म अरू भावविह्ल हुन्छु । त्यत्तिकैमा अनामिका निद्राबाट ब्यूँझिई । 'साह्रै बिरामी पो भइछौ अनामिका !' मैले यत्ति भन्दा नभन्दै आँसुको फोहोरा छुटे उसको आँखाबाट । ऊ रुन सुरु गरेपछि मैले पनि आफ्नो मन थाम्न सकिनँ । रोएँ म पनि । ती महिलाले मलाई जान्ने संकेत गरिन् । मैले आफ्नो नाम बताएँ र अनामिकाको साथी भएको परिचय दिएँ । बताइदिएँ । थाहा भयो– ती अनामिकाकी भाउजू रहिछन् ।   भाउजू भन्दै थिइन्, 'अनामिका बोल्न सक्दिनन्, न त उठ्न र हिँड्न नै सक्छिन् । यस्तो लाऊँलाऊँ र खाऊँखाऊँको उमेरमा दैवले पनि के विघ्न धोका दिएको होला ।' अनामिकाको बोल्न र चल्न नसक्ने दुःखदायी कथा सुनेर म निकै दुखी भएँ । अनामिकाको आँखाबाट आँसुको फोहोरा अझै थामिएन । 'तपाईंलाई देखेपछि त झनै साह्रै रोइन्', भाउजूले थपिन् । भाउजूको त्यो भनाइले म झन् विक्षिप्त भएँ । उसको नजिक गएँ, 'ठीक हुन्छ अनामिका, दुःख नमान ।' सम्झाउने प्रयास गरेँ । मैले बोलेको शब्द उसको कानमा नपुग्दै झन् उत्पात रुन थाली ऊ । आफ्नो हात विस्तारै उठाई, आँसुले निथु्रक्क भिजेको सिरानीतिरबाट कागज र कलम लिएर काँपिरहेका हातहरूले केही अक्षर लेखी र मलाई दिई । पढेँ, 'मेरो रोग नै मेरो अहोभाग्य रहेछ, किनकि यसै कारणबाट तपाईंलाई देख्न पाएँ । म आज कति पीडादायी रूपमा बाँचिरहेकी रहिछु भन्ने कुरा मेरो शरीर देखेर नै तपाईले थाहा पाउनुभयो होला । म अब कहिल्यै निको हुँदिनँ ।' सारा अक्षर पढिसक्दा मन स्तब्ध भयो । मुटु भक्कानियो । आफूलाई सम्हाल्न सकिनँ । केही नबोली त्यहाँबाट निस्केँ । मैले अनामिकालाई प्रेम गर्थें, त्यो एउटा विगत थियो । तर आज धेरै लामो समय हाम्रो समीपबाट अस्ताइसकेको छ । हामी दुवैजना आआफ्नै वर्तमानमा छौं । फेरि पनि अनामिका मलाई देख्नु आफ्नो अहोभाग्य किन सम्झिन्छे ? म छक्क परिरहेछु । अनामिकालाई न मैले धोका दिएँ, न त अनामिकाले मलाई धोका दिई । त्यति बेलै पनि हाम्रा आआफ्ना परिस्थितिहरू थिए प्रेममा । ऊ मलाई प्रेम गर्थी तर म विवाहित थिएँ । त्यो पनि उसलाई थाहा थियो । म आफ्नी श्रीमती विमलालाई औधी प्रेम गर्थें । त्यो पनि उसलाई थाहा थियो । फेरि पनि ऊ मसँग प्रेम गर्थी, त्यो उसको एउटा कमजोरी थियो । उसले मलाई प्रेम गरी तर व्यक्त गरिन । उसको एउटा विवशता थियो । मैेले उसलाई प्रेम गरेँ तर उसलाई कहिल्यै भनिनँ । मेरो अर्को विवशता थियो । एउटा अव्यक्त प्रेममा बाँधिएर पनि हामीहरू नदीका दुई किनाराजस्तै हुन पुग्यौं जिन्दगीमा । विमला र मबीचको अव्यक्त प्रेमबाट टाढा रहन एक दिन म घरबाट काठमाडौं पसेँ । काठमाडौं पसेपछि मैले पत्रकारिता सुरु गरेँ । बिहानदेखि बेलुकासम्म समाचार खोज्यो । समाचार लेख्यो, फुर्सदै नहुने । मेरो व्यस्तताकै कारणले पनि त्यसपछि अनामिकासँग मेरो सम्पर्क भएन । वर्ष दिनपछि अनामिकाले विवाह गरी भन्ने खबर मैले पाएँ । उसको विवाहको खबरले म अत्यन्त खुसी भएँ र ऊ सधैं खुसी रहोस् भन्ने कामना पनि गरेँ । त्यसपछि झन् उसँग सम्पर्क गरिनँ मैले । यसरी दिनहरू बितिरहे । हिजोमात्र हो मेरो मित्र गणेशकुमारले फोन गर्‌यो । फोनमा अनामिका प्यारालाइसिसबाट ग्रस्त छ र ऊ कोटेश्वरमा छ भन्ने उसकै जानकारीले म आज अनामिकालाई भेट्न गएको हुँ । अनामिकाले भनेजस्तै के ऊ अब साँच्चि कहिल्यै निको हुँदिन त ? प्यारालाइसिसको यातनागृहमा निस्तेज र निरीह अवस्थामा लडिरहेकी अनामिका मेरो आँखामा लगातार आइरहन्छे । उसको अव्यक्त अनुहार र आँसुको खहरेले मभित्र निदाएको एउटा विगतलाई ब्यूँझाइदिएको छ । एउटा रोमाञ्च विगत र अहिलेकी निरीह अनामिका एकैसाथ मेरो मस्तिष्कमा प्रतिविम्बित भइरहेछन् । हप्ता दिनपछि फेरि मलाई उही कोटेश्वर पुग्न मन लाग्छ । एउटा शनिबार अपराह्नतिर म उसको डेरामा पुग्छु । सरासर कोठाभित्र पस्छु, यतिखेर साथमा उसकी भाउजू पनि थिइनन् । ऊ एक्लै थिई । जब अनामिकाले मलाई देखी, असहज परिस्थितिको बीचबाट ओठहरू खोल्ने प्रयत्न गरी । उसका दुवै ओठ थर्रर थर्थराए तर आवाज निस्कन सकेन । लाग्थ्यो, आज ऊ मसँग केही कुरा व्यक्त गर्ने मनशायमा थिई । यसपालि पनि ऊ असाध्यै रोई । उसको आँसुले मलाई थुप्रै गुनासा गरिरहेजस्तो आभास भइरहेको थियो । लाग्थ्यो, धित मारेर उसले आफ्नो सम्पूर्ण विगतको दुखान्त पृष्ठभूमि आँसुमार्फत वाचन गरिरहेकी थिई । ऊ आफू मुखले बोल्न नसके पनि अरूले बोलेका कुराहरू सुन्न र बुझ्न सक्थी । केही समयपछि गिलासमा तातो पानी र औषधि लिएर भाउजू कोठामा प्रवेश गरिन् । मैले नमस्कारको औपचारिकता पूरा गरेँ । 'सन्चै हुनुहुन्छ ? ', भाउजूको प्रश्न थियो । 'सन्चै छु भाउजू ।' यत्ति भनेँ मैले । भाउजूसँग पनि अनामिकाबारे सोधेँ । 'काम गर्न सकुन्जेल र शरीर स्वस्थ रहुन्जेलमात्र सबैको प्यारो हुन सकिँदो रहेछ । अशक्त भएपछि आफ्नैहरूले पनि कुकुरले हाड छोडेजस्तो छोडेर जाँदा रहेछन् ।' भाउजूले दिएको जवाफ र भनाइको प्रसंगबाट लागिरहेको थियो, 'अनामिकाको अस्वस्थतासँगै उसको परिवार र उसको लोग्नेले उसलाई बेवास्ता गरिरहेका छन् ।' अनामिकाबारे भाउजूबाट सबै कुरा सुनेर म आहत भएँ । उही अनामिकाले लेखेको एउटा वाक्य याद भयो, 'म आज कति पीडादायी रूपमा बाँचिरहेकी छु भन्ने कुरा मेरो शरीर देखेर नै तपाईंले थाहा पाउनुभयो होला ।' अनामिकाको विवशता, ऊ आज आफ्नो दाइभाउजूकहाँ आश्रित छे । उसको परिवारबाट उसलाई सहयोग छैन किनकि ऊ अब कहिल्यै निको हुँदिनँ । जिन्दगीले पूर्ण निकम्मा बनाएर मृत्युशय्यामा निस्तेज पल्टाइदिएकी अनामिका मेरो आँखामा झल्झली आइरहन्छे । उसको वेहद उत्पीडनको यादले मेरो मन फाटिरहेको छ । पटकपटक गला अवरुद्ध भइरहेको छ । अनामिकाको जिन्दगीको करुण गाथा सुनेर म डेरातर्फ फर्किरहेको छु । साँझ पर्न लागिरहेको छ । रत्नपार्कमा आइपुग्दा मित्र गणेशकुमार भेटिन्छ । अनामिकाकै बारेमा कुरा चल्छ । मानसिक तनाव र गणेशकुमारसँगको भेटले त्यस दिन मलाई अलिकति पिउन मन लाग्छ । उसँग प्रस्ताव राख्छु । हुन्न भन्न सक्दैन ऊ । हामीहरू एउटा रेस्टुराँमा छिर्छौं । मलाई धित मरुन्जेल पिउन मन लागिरेछ, रक्सीको प्यालामा दोस्रोपटक तनावयुक्त अनुहार नदेखुन्जेल । म केही दिनयताका सम्पूर्ण घटना रक्सीसँगै बिर्सिदिन चाहिरहेको छु । बिस्तारै रक्सीले मलाई च्यापिरहेछ । अकस्मात् गणेशकुमारले मलाई चिमोट्छ, 'ऊ अभिषेक ।' 'मैले बुझ्दिन ऊ के भन्दैछ ? ' 'को अभिषेक ? ' प्रश्न गर्छु । 'अनामिकाको पति क्या ।' 'अनामिकाको पति भन्ने शब्दले म झल्याँस्स हुन्छु । रक्सीको पञ्जाबाट आफूलाई छुट्याएर एउटा यथार्थमा ल्याउने प्रयास गर्छु । अलि पर एउटा कर्नरमा दुई युवकयुवती मस्कीमस्की उल्लासमा रमाएको देख्छु । प्रत्येकपटक उनीहरूले आफ्नो प्याला एकअर्कामा साटेर पिइरहेछन् । अभिषेकको रक्सीको प्यालामा उसकी अनामिका छैन । अनामिकाको प्यारालाइसिस शरीर र रोगको यातनागृहकी कमजोर अनामिकाले उसलाई रत्तिभर दुःखी बनाएकी छैन । लाग्छ, बरु उसको नयाँ बाटो र नयाँ उद्देश्यका निम्ति मार्गप्रशस्त गरिरहेकी छे । ऊ अर्थात् अभिषेक आज त्यसैको वेहद खुसीमा पिइरहेछ । उसको अगाडि एउटा रोमान्स छ, आफ्नी नयाँ प्रेमिकासँग । त्यो सबै थोक देखेर मनभित्रबाट एउटा आक्रोशको ज्वाला दन्किन सुरु गर्छ । उसको कर्नरमा पुगेर उसलाई चिथोरूझैं लागिरहेछ । तर पनि यी सबै थोक गर्न उचित देख्दिनँ । बिल तिरेर बाहिरिन्छौं । म डेरामा पस्दासम्म गहिरो रातले सारा काठमाडौं छोपिसकेको छ । खाना खान मन छैन । विस्तारमा पल्टिन्छु । त्यस रात मेरा प्रत्येक सपनामा अनामिका आइरहन्छे र आफ्नो पक्षाघातले ग्रस्त शरीर मेरोअगाडि पल्टाइदिन्छे । रुन्छे, म अभिशप्त उसको करुण क्रन्दन सुनिरहन्छु । रात यसरी नै सकिन्छ । बिहान अलि अबेर आँखाहरू खुल्छन् । रातभरको सपनासंसार एकपटक आँखाअगाडि पुनः साक्षात्कार हुन्छ । हिजो राति रेस्टुराँमा अर्की युवतीसँग उल्लास र रोमान्स मनाइरहेको अभिषेक सम्झन्छु । दाइको डेरामा विवश जिन्दगीले लत्याएकी र मृत्युबाट नपत्याइएकी अनामिकालाई सम्झन्छु । एकैसाथ विगतमा मेरो अगाडिपछाडि भइरहने सुकोमल, सूरतमय, सुशील कवयित्री अनामिका सम्झन्छु । यति खेर आजकी अनामिका जो पक्षाघातले ग्रस्त छे, र श्रीमान्बाट लत्याइएकी छे त्यो अनामिकाप्रति— मलाई हृदयदेखि माया लागेर आउँछ । मनमा केही साहस बटुल्छु र डुब्नै लागेको उसको जिन्दगीको बाँकी अध्यायमा आफूलाई समर्पित गर्न म आज फेरि उसकै डेरातर्फ लाग्छु ।

     

     

     

                                                                                 -साभार अन्नपुर्ण पोष्ट

http://radiosaligram.com.np/